पाेखरामा पार्किङबाटै उठाइयाे ७ वटा मोडिफाई बाइक

पाेखरा | चैत २८, २०८०

पाेखरामा पार्किङबाटै उठाइयाे  ७ वटा मोडिफाई बाइक तस्बिर फाइल

पोखरा:     मोटरसाइकलको स्वरुप परिवर्तन गरेर पार्किङमा राखेका ७ वटा मोटरसाइकल जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ । 


कास्की प्रहरीले पोखरा महानगरपालिका–६ लेकसाइडमा स्वरुप परिवर्तन (मोडिफाई) गरि पार्किङमा राखिएका ७ वटा मोटरसाइकल हिजो (बुधवार)  नियन्त्रणमा लिएको हो । 


स्वरुप परिवर्तन (मोडिफाई) गरी ध्वनी प्रदुषण गर्ने मोटरसाइकलहरुलाई नियन्त्रणमा लिएर कारवाही गरेपनि अझै नियन्त्रणमा नआएको भन्दै २५ दिन थुनामा राखेर कारवाही गर्ने प्रक्रिया कास्की प्रहरीले अगाडि बढाएको छ । 

 

मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाई) गर्ने, ध्वनी प्रदुषण गराउने कार्यमा संलग्न हुनसक्ने वर्कसप सञ्चालक, रिकन्डिसन हाउस, नम्बर प्लेट बनाउने स्थानमा जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक कार्यालय कास्कीले सचेतना कार्यक्रमसँगै स्टिकर टाँस गर्ने कार्यक्रमसमेत गरेको थियो । 


 

यो पनि पढ्नुहोस

 

 

यो पनि पढ्नुहोस

 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्